टीकापुर बहुमुखी क्याम्पसद्वारा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा शिक्षक, कर्मचारीतथा विद्यार्थीहरूका लागि मिति २०८१/१०/२५ गतेदेखि२०८१/१०/२७ गते सम्म आयोजना गरिएको ३-दिने Digital Literacy Program क्याम्पसकाEMIS समितिका संयोजक एवम् विषय विज्ञ चित्रराजउपाध्यायको संयोजकत्वमा सम्पन्न गरियो |उक्त कार्यक्रममाबाह्य विज्ञका रुपमा जानकी गाउँपालिकाका सूचनाप्रविधि अधिकृत जसोदा कुमारी कठरिया र नेपाल बिमा प्राधिकरणका सूचना प्रविधि सहायकनिर्देशक दीपराज शर्मा प्रशिक्षक रहनु भएको थियो |सो कार्यक्रममा कृषि विज्ञान संकायका हेडअसिस्टेन्ट महेन्द्र रावलले पनि प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्नु भएको थियो|कार्यक्रमको स्वागत मन्तव्य प्रस्तुतगर्दै DigitalizationFocal Person प्रेम प्रसाद भण्डारीले कार्यक्रममा कार्यक्रमको औचित्य तथा प्रभावकारिता माथिसान्दर्भिक विचार प्रस्तुत गर्नु भएको थियो | उक्त कार्यक्रमको समापन समारोहमा क्याम्पसप्रमुख ढविन्द्र रावलले कार्यक्रमको विविध पक्ष माथि प्रकाश पार्नु भएको थियो |उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख ज्युहरु आत्माराम अधिकारी र भरत कुमार तिरुवाले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो | कार्यक्रमको संचालकEMISसमितिका सदस्य सचिव ध्रुर्वबहादुर रावल रहनु भएको थियो |कार्यक्रममा प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो | समापन कार्यक्रममा सहभागी विद्यार्थीहरुलेतालिम एवम्बिषयबस्तु संग सम्बन्धित महत्वपूर्ण विचारहरु प्रस्तुत गरेकाथिए |