Have you any question?

+977-091-560088

tikapur@fwu.edu.np

Event Detail

टीकापुर बहुमुखी क्याम्पसको २४औँ वार्षिकोत्सव कार्यक्रम

  • All (Event for)
  • Feb 5, 2026 (Start Date)
  • Feb 5, 2026 (End Date)
  • TMC
  • TMC
  • Event detail

Note :

टीकापुर बहुमुखी क्याम्पसको २४औँ वार्षिकोत्सव कार्यक्रम मिति २०८२ माघ २२ मा भव्य रूपमा सम्पन्न गरियो । क्याम्पस प्रमुख श्री ढविन्द्र रावलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा. डा. हेमराज पन्त एवम् सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. विनोद लेखकज्यू विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख श्री आत्माराम अधिकारीले गर्नु भएको थियो । यस कार्यक्रममा क्याम्पस प्रमुखले क्याम्पसको वार्षिक बजेट, नीति तथा कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । उक्त अवसरमा यस क्याम्पसद्वारा प्रकाशित वार्षिक मुखपत्र “TMC सौगात” र Journal of Tikapur Multiple Campus को लोकार्पण कार्यक्रम, विद्यावारिधि (PhD) सम्पन्न गरेका प्राध्यापकहरूको सम्मान कार्यक्रम, विभिन्न प्रतियोगितामा सहभागी विद्यार्थीलाई पुरस्कार वितरण, सांस्कृतिक तथा नाचगान कार्यक्रमलगायतका विविध कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिज्यूहरूले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धानमुखी शिक्षण र शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्व आदि विविध पक्षमा प्रकाश पार्नुका साथै यस क्याम्पसले शैक्षिक क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । कार्यक्रममा यस क्षेत्रका अभिभावक, विद्यार्थी र विद्यार्थी संघसंगठन, सरकारी र गैरसरकारी संघसंस्थाका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापकहरू आदिको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उपप्राध्यापक श्री उमाकान्त भण्डारी, पार्वती खनाल र कल्पना साउदले गर्नु भएको थियो । कार्यक्रमका अन्त्यमा कार्यक्रमका अध्यक्ष एवम् क्याम्पस प्रमुखले टीकापुर बहुमुखी क्याम्पसको शैक्षिक प्रगति, भविष्यका योजना तथा सरोकारवालाबाट सहकार्यको अपेक्षाका साथ धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।