Have you any question?

+977-091-560088

tikapur@fwu.edu.np

Event Detail

स्मार्टबोर्ड हस्तान्तरण कार्यक्रम

  • All (Event for)
  • Aug 1, 2025 (Start Date)
  • Aug 1, 2025 (End Date)
  • TMC
  • TMC
  • Event detail

Note :

सूदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य प्रवर्धन केन्द्रद्घारा टीकापुर बहुमुखी क्याम्पसलाई प्रदान गरिएको स्मार्टबोर्ड हस्तान्तरण कार्यक्रम सहायक क्याम्पस प्रमुख श्री आत्माराम अधिकारीका अध्यक्षता एवम् सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीज्यूका प्रमुख अतिथ्यमा सम्पन्न गरियो । उक्त कार्यक्रमको विशिष्ट अतिथिका रूपमा प्रदेश स्वास्थ्य प्रवर्धन केन्द्र प्रमुख श्री हेमराज खड्का र सामाजिक विकास मन्त्रालय प्रशासन महाशाखा प्रमुख श्री कोमलप्रसाद ओझा रहनुभएको थियो । उक्त कार्यक्रममा पूर्व क्याम्पस प्रमुख डा. केशरबहादुर कुँवर, टीकापुर बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति श्री प्रेमप्रसाद भण्डारी, अनुसन्धान व्यवस्थापन समितिका अध्यक्ष डा. ज्ञानुराज पौडेलले धन्यवाद मन्तव्य प्रस्तुत गर्नुभएको थियो । अन्त्यमा सहायक क्याम्पस प्रमुखले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थीलगायतको उल्लेख्य सहभागिता रहेको थियो । टीकापुर बहुमुखी क्याम्पसको चुरे हलमा सम्पन्न उक्त कार्यक्रम सहप्राध्यापक श्री तिलकदेव गिरीले सञ्चालन गर्नुभएको थियो ।